Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

हवाई जहाजहरु अत्ति माथिबाट उडाउदा के हुन्छ ? What happens if a plane flies too high

के तपाईलाई थाहा छ कि,  हवाई जहाजहरु किन अत्ति माथिबाट उडाउछन ? मतलब करिव ४० हजार देखि ५० हजार फिट माथि बाट किन उडाउछन  हवाई जहाजहरु ? यति माथि बाट प्लेन उडाउडा आखिर के हुन्छ ?

यदि तपाइले हवाई जहाज चढ्नु भएको छ भने तपाईलाई थाहा होला कि  राष्ट्रिय हवाई विमानहरुको तुलना मा अन्तराष्ट्रिय हवाई विमानहरु अत्याधिक उचाई मार्फत उडाउने गरिन्छ । राष्ट्रिय विमानहरु करिव २५००० देखि ३०,०००  फिट को उचाई मा प्राय उड्ने गर्छन भने अन्तर्राष्ट्रिय र ठुला विमानहरु करिव ३५००० देखि ५०,००० फिट माथि बाट उड्ने गर्छन । आखिर किन ठुला विमान र टाढा यात्रा गर्ने विमानहरु यसरी अत्याधिक माथि बाट उडाइन्छ ? यति माथि बाट उडाउदा के हुन्छ ?

यसको कारणहरु धेरै हुन्छन । जस मध्य पहिलो कारण हो इन्धन को बचत र जहाज को इन्जिन मा लोड कम गरी जहाज को स्पिड बढाउनु, वायुमण्डलको मौसमी प्रभाव बाट बचाउनु आदि धेरै कारणहरु  पर्दछन ।

पृथ्वी को वायुमण्डल मा भएको हावा मुनि भन्दा माथि निकै पातलो हुन्छ । मतलब पृथ्वी भन्दा जति माथि गयो उति हावा पातलो हुदै जान्छ जसको कारण प्लेन को पंखा मुनिको तुलना मा माथि धरै स्मुथ तरिकाले  कम लोड मा चल्दछ जसको कारण प्लेन मा स्मुथ र स्पिड बढ्दछ भने इन्जिन को लोड मा कमि हुदा इन्धन को खपत मा कमि आउदछ।  अझ ठुला ठुला जेट प्लेनहरु ६० हजार देखि ७० हजार फिट माथि बाट पनि उडाउने गरिन्छ ।

तर राष्ट्रिय हवाई जहाजहरु भने सानो हुने भएको कारण यिनीहरु को क्षमता पनि कम हुन्छ र छोटो यात्रा पनि हुन्छ  यस कारण अन्तराष्टि्य जहाजहरु को तुलना मा राष्ट्रिय हवाई जहाजहरु  निकै कम उचाई मा उड्ने गर्दछन । अन्तर्राष्ट्रिय जहाजहरु ठुलो हुने र लामो यात्रा पार गर्नु पर्ने हुदा इन्जिनलाई कम लोड पर्ने तरिका अपनाउन को लागि, इन्जिन मा कम लोड पर्दा इन्धन को खपत पनि कम हुने साथै जहाज लाई कुनै पनि पृथ्वी को वायुमण्डलीय प्रभाव बाट बचाउनको लागि र धेरै उचाई मा उड्ने विभिन्न प्रजाति को चराहरु को असर हुन बाट बचाउन आदि विभिन्न कारणहरु ले गर्दा  अति माथि बाट उडाइने गरिन्छ ।

जस्तै कि जहाजहरु बादल भन्दा माथि बाट उड्दा  क्लियर  हुने,त्यसै गरी अन्तर्राष्ट्रिय जहाजहरुले विभिन्न देशहरु पार गर्दै ति देशहरुको माथि बाट उड्नु पर्ने हुन्छ यसरी उड्दा ति विभिन्न देशहरुको वायुमण्डलिय वातावरण को समस्या बाट जोगिने  वा वायुमण्डलको मौसमी प्रभावहरु जस्तै चट्याङ, आधि-हुरी, आदि को असर नहुने वा कम हुने जस्ता विभिन्न कारणहरुले गर्दा अन्तर्राष्ट्रिय हवाई विमानहरु अत्यधिक माथि बाट उडाउने गरिन्छ ।