Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

#सुर्य मुखी फुल किन सुर्य तिरै फर्किन्छ ?

हामीले बुझ्नु पर्ने अति नै जरुरी कुरा :

हामीलाई थाहा छ कि सुर्यमुखी फुल सधैं सुर्य तिरै फर्कने गर्छ र यहि अनुसार यसको नामकरण पनि सुर्य मुखी राखिएको हुन सक्छ।  तर किन आखिर यो फुल सुर्य तिर फर्कन्छ ? यसको बैज्ञानिक कारण यस्तो रहेको छ।

सुर्यमुखी फुल बिहान पुर्व तिर र बेलुका पश्चिम तिर यानीकी यो  सुर्य जता छ त्यतै तिर फर्कने गर्दछ । यो हुनुको बैज्ञानिक कारण सुर्यमुखी फुलको पछाडी पट्टिको डाँठमा  एक अक्सिन नामक हर्मोन हुन्छ।

यो हर्मोन सधैं घामको प्रकाश नभएको पट्टि सर्ने गर्दछ ।  जसको कारण जब घाम पुर्व बाट उदाउँन सुरु गर्दछ तब उक्त अक्सिन नामक हर्मोन पश्चिमतिर सर्दछ र यो बेला फुल को पछाडी को डाँठ लचकदार बन्दछ र उक्त डाँठ घाम नभएको पट्टि यानिको  पश्चिम तिर सर्दछ।


Read More:


यसरी डाँठ पश्चिम तिर सर्दा सूर्यमुखी को फुल पुर्व तिर फर्किएको जस्तो देखिन्छ र सूर्यमुखी को फुलमा सुर्य को प्रकाश पर्दछ ।

यो प्रक्रिया सुर्य जता तिर जान्छ त्यसको ठिक उल्टो दिसा तिर अक्सिन नामक हर्मोन सर्दछ जसले गर्दा सुर्य मुखी फुल को पछाडी को डाँठ सुर्य नभएको पट्टि सर्दछ र  यो बेला सूर्यमुखी फुल  सुर्य भएको पट्टि ढल्किएको देखिने गर्दछ ।

हामीले बुझ्नु पर्ने कुरा के हो भने :

सुर्यमुखी फुल सुर्य तिर फर्किएको भन्दा पनि यसको पछाडी पट्टि डाँठ मा भएको हर्मोन चै सुर्य को प्रकाश पर्नबाट जोगिन उक्त डाँठ सुर्य को ठिक उल्टो दिशा तिर सर्दा सूर्यमुखी को फुल चै सुर्य को प्रकाश तिर फर्किएको देखिने गर्दछ । मतलब फुल सुर्य को प्रकाश पट्टि फर्किएको होइन पछाडीको डाँठ  चै सुर्य को प्रकाश पर्नबाट ओझेल पर्न सरेको हुन्छ जसको परिणाम सुर्य को फुल ले पाउँछ र यो फुल सुर्य तिर फर्किएको जस्तो देखिन्छ।