Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

खाएको खाना पचेन भने यस्ता समस्याहरु उत्पन्न हुने गर्छन

शरीरमा धेरै वटा रोगहरुको सुरुवात प्राय खाएको खाना नपचेर अर्थात पाचन प्रणाली खराब भएको कारण हुने गरेको पाइन्छ . पाचन प्रणाली खराब भए पछी खाएको खाना राम्ररी पच्दैन र खाएको नपचे पछी खानाबाट पाइने प्रसस्त पोषण तत्वहरु हाम्रो शरीरले लिन पाउंदैन र पाचनमा समस्या आएर खाएको खाना सड्ने गर्छ, पेट मा विषाक्त पदार्थ जम्मा हुन्छ, ग्यास्ट्रिक बढ्छ र यसै बाट शरीरमा रोग लाग्न सुरु हुदछ .

हामी सबैलाई थाहा छ कि खाएको खाना नै हाम्रो शरीरको इनर्जी पाइने एक मुख्य स्रोत हो . तर खाएको नै पच्न छोड्यो भने यसले पेटमा मात्र होइन शग्यास्ट्रिक हरेक अंगहरुमा समस्या बनाउन सुरु गर्दछ.

अन्य जानकारीहरु :

  1. ग्यास्ट्रिकको अन्त्य कसरी गर्ने ?
  2. बिहान खाली पेटमा खानुपर्ने खानाहरु
  3. मुख गनाउने समस्याको समाधान गर्ने घरेलु तरिका

हामीले खाना खाए पछि कि पच्दछ  कि सड्दछ .  यी २ मध्य यदि खाएको खाना पच्यो भने धेरै राम्रो कुरा हो  तर पचेन भने अब उक्त खाएको खाना सड्नेछ र यसले दिशामा समस्या, पेटमा समस्या, छाला मा समस्या, अनुहार मा फोका निस्कने समस्या, जिउ चिलाउने समस्या जस्ता विविध समस्याहरु बाट शरीर मा रोग को बिकास हुन सुरु हुदछ .

खाएको खाना नपच्दा पेट दुख्ने मात्र हुन्छ भनिन्छ तर पेट दुख्ने संग सगैं शरीर मा अनेक किसिमका समस्या हरु उतपन्न हुने गर्दछन .  धेरैले ग्यास को समस्या भोगेको छन् तर ग्यासको समस्या नै हाम्रो शरीरमा रोगहरुको सुरुवात गराउने सबै भन्दा पहिलो चरण हो .  कुनै पनि रोग विरुवा सुरुमा हुर्किन अघि उसको मुख्य जरो नै ग्यास्ट्रिक (Gastritis) बाट सुरु हुन्छ . ग्यास्ट्रिकलाई रोगहरुको राजा पनि भनेर चिन्ने गरिन्छ किनकि यो नै रोगहरुको सुरुवात गराउने मूल जरो हो. जस्तै कि खाएको नपचे पछी ग्यास्ट्रिक बढ्न सुरु हुन्छ त्यसपछि उक्त ग्यास्ट्रिक को समस्याबाट कब्जियत, पायल्स, अल्सर र त्यसपछि क्यान्सर जस्तो भयानक रोग मा परिवर्तन हुन जान्छ .

यति मात्र होइन पेट र मस्तिस्क बीच पनि गहिरो सम्बन्ध हुन्छ पेट बिग्रन सुरु भए पछी शरीर आलस्य हुन सुरु हुन्छ, बढी थकान हुने र डिप्रेसन सम्म पुर्याउने गर्छ.

पाचन बलियो बनाउन के गर्ने ?

  • पाचन बलियो बनाउन पाचनलाइ साहयता दिने किसिमको खानाहरु सेवन गर्नु पर्दछ .
  • खाली पेटमा खानु पर्ने खानाहरु र नखानु पर्ने खानाहरुको बारेमा राम्रो जानकारी लिनु पर्दछ .
  • ग्यास्ट्रिक को सुरुवात हुने बितिक्कै  ग्यास्ट्रिक को उपचार  गर्नु पर्दछ .
  • विभिन्न परिकार बनाएर भन्दा रियल सच्चा र स्वास्थ्य खानेकुरा खानु पर्दछ .
  • फाइबर युक्त खानाहरु सेवन गर्नु पर्दछ .
  • omega-3 fatty acids पाइने किसिमका खानाहरु खानु पर्दछ .
  • तनाव कम गर्ने र व्यायाम गर्ने गर्नु पर्दछ.
  • पानी प्रसस्त पिउनु पर्दछ .
  • खाना खाँदा मज्जाले चपाएर खानु पर्दछ.
  • खाना खाँदा हतार-हतार गरेर होइन बिस्तारै समय दिएर आरामले खाने गर्नु पर्दछ.
  • चुरोट, खैनी, रक्सि जस्ता लागु पदार्थ सेवन गर्ने खराब बानी छोड्नु पर्दछ.