Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

बिहान र बेलुका आकाश किन रातो, पहेलो रंगको देखिन्छ ? Red sky color?

बुझ्नु पर्ने कुरा:

सुर्य को प्रकाश सेतो रंग को हुन्छ तर त्यो सेतो रंग को प्रकाश इन्द्रेणी को सात वटै रंग संग बनेको हुन्छ ।

यी सात रंगहरु मध्य को सबै भन्दा कम, छोटो र कम तरंग भएको प्रकाश निलो रंग को हुन्छ र सबै भन्दा छिटो र लामो ट्राभल यानिकी लामो दुरी सम्म पुग्ने रातो रंगको प्रकाश हुन्छ र दोस्रोमा पहेलो रंग को प्रकाश पर्दछ ।

इन्द्रेणी का ती प्रकाशहरु मध्य रातो रंग को प्रकाश को तरङ्ग अन्य रंगहरुको प्रकाश को तरङ्ग भन्दा अति नै छिटो हुने र लामो एरिया सम्म ट्राभल गर्न सक्दछ ।

यसमा पहेलो रंगको प्रकाश पनि झण्डै-झण्डै रातो रंग कै गतिमा यसको तरङ्ग हुन्छ ।

सुर्य उदाउँन वा अस्ताउन लागेको समय, सुर्य हाम्रो आसपास को वायुमण्डल भन्दा धेरै टाढा हुन्छ ।

यसरी सुर्य हाम्रो वायुमण्डल भन्दा टाढा हुँदा यसमा भएका 7 रंगहरु मध्य का 5 रंगहरु को  प्रकाश को तरंग को गति कम हुन जान्छ । यस्तो हुँदा ती 7 रंग का प्रकाशहरु मध्य को 5 रंगका प्रकाशहरु हाम्रो आँखाले देख्न सक्दैन ।

बिहान र बेलुका टाढा को दुरी सम्म ट्राभल गर्न सक्ने रातो र पहेलो रंग को प्रकाश मात्र हाम्रो आँखाले देख्न सक्दछ ।

त्यसैले घाम उदाउँन वा अस्ताउन लागेको समय आकाश रातो र हल्का पहेलो रंग मा परिवर्तन भएको देखिन्छ ।

वास्तव मा  आकाश रातो भएको त हुँदैन  तर हामीले हेर्दा अरु ५ रंग को प्रकाश नदेखिएको कारण यसरी  रातो वा हल्का पहेलो आकाश  देखिएको हुन्छ ।