Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

पायल्स कसरी हुन्छ ? पायल्स को बारेमा जान्नु पर्ने कुरा, Piles in Nepali

पायल्स भित्रि र बाहिरि गरी २ किसिम का छन् भने यसका स्टेजहरु अलग अलग छन् । पायल्स हुनु भनेको हाम्रो मलद्वारको नसा फुलेर ,च्यातिएर वा तन्किएर बाहिर आउनु वा घाउ भै दिसा गर्दा रगत आउनु , मलद्वार चिलाउनु हो ।

पायल्स हुनुको धेरै कारणहरु छन् जस मध्य कब्जियत एक ठुलो कारण को रुपमा हुन्छ ।

कब्जियत हुनको लागि खाना को मुख्य कारण हुन्छ र कब्जियत भै दिसा गर्न मा समस्या आउने र पायल्स हुने गर्दछ ।

पायल्स हुनुको कारणहरु :

हरियो सागपात नखाने गर्दा, चिया बढी पिउने गर्दा, बजारको सुख्खा खानाहरु बढी खाने गर्दा, जस्तै कि बिस्कुट, चाउचाउ, दालमोट, कुरकुरे आदि जस्ता खाने गर्दा, तेल मा तारेको खाना बढी खाने गर्दा, सेल रोटी, तेलमा बनाएको पुरी, परौठा, पानी कम पिउने गर्दा, मधु, गुटका, सुपारी, चुरोट, रक्सि बढी सेवन गर्दा आदि बिभिन्न कारण ले पायल्स हुने गर्दछ । तपाईलाई लाग्न सक्छ कि यो त जो कोहि ले पनि खाइ रहेको छ तर उनीहरुलाई चै पायल्स हुदैन मलाई मात्र कसरी हुन्छ?

यसको जवाफ हो प्रत्येक व्यक्ति को पाचन प्रणाली को पचाउन सक्ने शक्तिको फरक । विश्व को हरेक व्यक्ति को पाचन शक्ती फरक फरक रहेको हुन्छ कसैमा जस्तै खाए पनि पचाउने शक्ति बढी हुन्छ भने कसैमा पचाउनै नसक्ने स्तिथि पनि हुन्छ । त्यसैले तपाइको पचान शक्ति जस्तो छ त्यसै अनुसार यी खानाले तपाईलाई बढी असर गर्ने वा नगर्ने हुने गर्दछ । यदि यी खाना खादा पचान मा के हि तलमाथि भए यस्तो खाना तुरन्त खान छोड्नु पर्दछ नत्र यसले कब्ज्जियत बनाउदछ र पायल्स हुने गर्दछ ।