Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

पटक्कै भोक लाग्दैन, के हि खान मन छैन र खाएको पच्दैन, यस्तो किन हुन्छ ? Not feeling hungry?

भोक हाम्रो शरीर को एक यस्तो संकेत हो जसले शरीर मा इनर्जी  सकिएको वा सकिन सुरु भएको अवस्था एक फिलिंग स्वरूप उत्पन्न हुदछ जसलाई हामि भोक लाग्नु भन्ने गर्छौं I

भोक लाग्न हामीलाई अतिनै जरुरी छ तर कहिले काहीँ शरीर मा इनर्जी सकिएर कमजोर भै सक्दा पनि भोक लागेको महसुस हुँदैन । केहि खान मन लाग्दैन र जबरजस्ती खाए, खाएको पच्दैन । यो समस्या प्राय हरेक व्यक्ति ले कुनै न कुनै दिन भोगेको वा कुनै दिन भोग्नु पर्ने एक आम समस्या पनि हो ।


किन लाग्दैन भोक ?

  • खाना भर्खरै खाएको कारण
  • खाएको खाना नपचेको कारण
  • शरीर को क्यालोरी कम नभएको कारण
  • पाचन मा पूर्ण रुपमा समस्या भै पेट मा पाचन रसहरुको निर्माण मा कमि भएको कारण
  • यदि शरीर मा कुनै रोग भए उक्त रोग को असर हुने कारण
  • ग्यास वा कब्जियत को कारण
  • बढी तनाब र थकाइ को कारण
  • डिप्रेसन को कारण
  • एंटीबायोटिक्स, एंटीफंगल वा पेन किलर जस्ता औषधि सेवन गरेको कारण
  • ज्वरो आएको वा टाउको दुखेको कारण
  • यदि गर्भवती भए गर्भवती भएको कारण
  • थायराइड को कारण
  • रक्तअल्पता को कारण
  • क्यान्सर भएको व्यक्ति लाई क्यान्सर को असर को कारण
  • मधुमेह भएका लाई मधुमेह को असर को  कारण
  • भोक लागेको बेला खाना नखाइएको कारण
  • खाना सधैं अनियमित तरिका ले खाने बानीको कारण
  • खालि पेट मा बढी गुलियो पदार्थ खाइएको कारण आदि

भोक नलागे के गर्ने ?

माथि बताइएको अनुसार भोक नलाग्नु को कारणहरु अनेक हुन्छन् । त्यसमा पनि व्यक्ति र व्यक्ति को दिनचर्या, व्यक्ति को शारीरिक अवस्था अनुसार यसको कारणहरु फरक-फरक हुने गर्दछन् ।

अरु पनि विशेष स्वास्थ्य जानकारीहरु पढ्नुहोस  :

सबै भन्दा पहिला व्यक्ति आफैं ले आफुलाई बुझ्न जरुरी छ कि किन भोक लागि रहेको छैन ? भोक नलाग्ने प्रमुख र कमन कारण पाचन मा समस्या आएर हुने गर्दछ । तर पाचन मा समस्या किन आइ रहेको छ ? भन्ने कुरा चैं व्यक्ति स्वयम् आफैं ले बुझ्न जरुरी छ । आफ्नो दिनचर्या लाई फर्किएर हेर्न जरुरी छ र यो समस्या आउनु अघि के के खाइएको थियो ? त्यो कुरा लाई पनि बुझ्न जरुरी छ ।

यदि पाचन प्रकिया निकै कमजोर छ भने पाचन मा समस्या आउने किसिम को खाना पटक्कै खान हुदैन । बढी चिप्लो,पिरो, पुरी परौठा आदि जस्ता खानाहरु ले पाचन मा समस्या बनाउने गर्दछ  र यसको नतिजा खान मन नलाग्ने देखि ग्यास र कब्जियत पनि बनाउन सक्छ ।

  • नियमित खाना समय मा खाने
  • अपच हुने किसिम का खाना नखाने
  • खाने कुरा मा मसला कम भएको वा तेल चिप्लो पिरो कम खाने
  • छिटो पाचन हुने किसिम को खाना खाने जस्तै जाउलो, जुस आदि थोरै थोरै गर्दै मात्रा बढाउदै जाने
  • पानी बढी पिउने

आकस्मिक घरायसी उपचार विधि :

  • के हि समय ब्यायाम गर्ने यानिकी शरीर को क्यालोरी घटाउने प्रयास गर्ने यसो गर्दा भोक लाग्ने महसुस हुन् सुरु हुन्छ
  • पेट को ग्यास भए ग्यास कम गर्ने तरिका अपनाउने र तातो पानीमा थोरै  नुन मिसाएर पिउने
  • १ देखि २  गिलास दहि पिउने । दहि ले पेट मा राम्रो ब्याक्टेरिया को निर्माण गर्दछ जसले अपच चिज लाई पचाउने र तुरन्त भोक लगाउने  गर्दछ
  • कागती र बिरे नुन साथै ज्वानो पिसेर तातो पानी संग मिसाई पिउने भोक लाग्न सुरु गराउदछ
  • मरिच लगाएर पिरो बनाई तातो पानी पिउने गर्दा तुरन्त भोक लाग्न सुरु हुदछ
  • गुलियो चिज पटक्कै नखाने
  • बिरे नुन, मरिच को धुलो, प्याज, ज्वानो र भुटेको जिरा मिसाएर दहि संग मिसाई खाए तत्काल भोक लागेको महसुस गराउदछ र भोक लाग्ने बितिक्कै कडा खाना नखाई जाउलो खाने वा छिटो पच्ने किसिम को खाना खाने गर्नु पर्दछ
  • गाजर भए गाजर को जुस बनाई पिउनुपर्दछ
  • भोक लाग्ने बितिकै धेरै नखाने थोरै ठिक्क खाने र पुन दोश्रो पटक को भोक लाग्न पर्खिने र त्यो बेला पनि ठिक्क थोरै खाने ( यो गर्नु को कारण पाचन मा भएको गडबड लाई पुन नर्मल अवस्था मा ल्याउन  को लागि पाचन मा कम लोड पर्ने किसिम का खाना जस्तै जाउलो र थोरै र ठिक्क खानु पर्दछ )
  • खाना खाए पछि २ केस्रा लसुन खाने गर्दा पुन भोक लाग्न सहायता गराउदछ
  • खाना खानु भन्दा १५ मिनेट अघि बिरे नुन र कागती को रस तातो पनी मा मिसाई पिउने र पिएको ठिक १५ मिनेट पछि खाना खाने यसो गर्दा खाएको खाना चाडै पच्ने हुन्छ र दोस्रो पटक पुन सजिल्यै  भोक लाग्ने छ
  • हरेक दिन बिहान खालि पेट मा  १ देखि २ लिटर पानी पिउने तर भरसक दुध हालेको चिया नपिउने
  • टिम्मुर भए एक दाना टिम्मुर मुखमा राख्ने र विस्तारै खाने । यसले पेट ढाडिएको छ भने आराम दिने छ ।
  • अलैची को दाना मुख मा राखी रहने र पान जिरा र मिस्रि चपाएर खाने
  • 12/15 वटा तुलसी को पात चपाएर खाने
  • बाबरी को पात र तुलसी को पात पिसेर रस निकली पिउने यसले तुरन्तै ठिक गर्ने छ ।
  • यदि यी तरिका ले ठिक नभए नजिकै को मेडिकल मा जाने र डाक्टर संग सल्लाह गरी औषधि उपचार को पद्दति अपनाउने