Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

चट्याङ के हो ? कसरी बच्ने? चट्याङ पर्दा हलोको फाली जस्तो बज्र खस्छ , के यो सत्य हो?

चट्याङ भनेको के हो ?

चट्याङ भनेको एक  प्राकृतिक र अति शक्तिशाली विधुतीय शक्ति हो । यसलाई अत्याधिक हाइ भोल्टेज भएको एक प्राकृतिक करेन्ट पनि भनेर बुझ्न  सकिन्छ । चट्याङ के हो ? वास्तव मा यो चट्याङ को बारेमा हामी सबैले बुझ्न जरुरी छ । चट्याङ को बारेमा धेरै गलत धारणा पनि सुनिन्छ यो हुनुको कारण पनि चट्याङ को बारेमा सायदै कम ज्ञान भएर हो कि ?

हामीले आकास हेर्दा खुल्ला देखिए पनि यहा अदृस्य अनेकौं किसिम का अणु र परमाणुहरु छन् । विभिन्न किसिम का ग्यास देखि बादल, पानी का कणहरु, धुलो धुवा आदि अनेक छन् र चट्याङ यिनै अणु र परमाणु बाट चार्ज भै निस्किएको एक शक्तिशाली विधुतीय करेन्ट हो ।

जसलाई हामि चट्याङ भन्छौं । धरै ले चट्याङ पर्दा हलोको फाली जस्तो बज्र खस्छ जुन भाग्यमानी ले मात्र भेट्छ भन्छन  यो  गलत भनाइ हो ।

चट्याङ पर्दा कुनै हलोको फाली जस्तो बज्र खस्दैन र त्यो कुनै ठोस पदार्थ नभई एक अदृस्य र शक्तिशालि करेन्ट हो जुन पृथ्वी मा परे पछी डिस्चार्ज हुन्छ र सकिन्छ ।   यो करेन्टमा अत्याधिक बढी भोल्टेज  हुन्छ (करिव ३० करोड Volts र ३० हजार AMPS)  यो  करेन्ट एक नाली जस्तो बाटो बनाई ब्रमाण्ड को बादलहरु बाट पृथ्वी मा एक लहरो बनाई झर्छ  र जब पृथ्वी मा जब यो करेन्ट  पर्छ  तब त्यहिनेर यो करेन्ट सकिन्छ । चट्याङ पर्दा हलो को फाली जस्तो बज्र होइन करेन्ट  झर्ने गर्दछ ।

चट्याङ बाट कसरी बच्ने?

चट्याङ परेको बेला त्यहाँ वरीपरी खालि खुट्टा यानिकी जुत्ताचप्पल नलगाई जमिन मा टेकेको छ भने त्यस्ता व्यक्ति लाई चट्याङको करेन्ट वा झट्का लाग्न सक्छ र यो झट्का ले ज्यान समेत जान सक्ने सम्भावना हुन्छ  । त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र खोज्न छोडी जुत्ता चप्पल लगाएर वा जमिन मा नटेकी बिजुली को तार आदि नभएको खुल्ला, सुख्खा ठाउमा, काठ को खाटमा वा वरीपरी कहिँ कतै चट्याङ पर्दा उक्त चट्याङ को करेन्ट ले नभेट्ने गरी वा करेन्ट सप्लाई नहुने गरी सुरक्षित स्थान मा बस्नु पर्दछ ।

चट्याङ पर्ने जस्तो भयो भने घर को सबै बिजुली को सुइच अफ गर्नु पर्दछ र कुनै पनि इलोक्ट्रोनिक समानहरु को ज्याक लाइन को प्लक मा  जोडेको भए उक्त ज्याक निकाल्नु पर्दछ र विधुतीय उपकरण हरु लाइन को तार बाट अलग गराउनु पर्दछ ।

त्यसै गरी घर मा भएको बुजुली को बोर्ड मा भएको फयुज निकाल्ने गर्नु पर्दछ र मेन स्युइच पनि बन्द गर्नु पर्दछ यस्तो गर्दा काही कतै चट्याङ  पर्दा त्यसको असर तपाइँ मा पर्दैन। घरमा Earthing system बनाउनु पर्दछ यस्तो गर्दा चट्याङ को करेन्ट सिधै जमिन मा जान्छ र चट्याङ डिस्चार्ज भै घर मा वा व्यक्ति मा यसको कुनै असर हुन् पाउदैन ।