Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

कोरोना भाइरस : कोरोना संक्रमितहरुमा देखिएको लक्षणहरु, इम्युन सिस्टम बढाएर कोरोनाबाट बच्न खानुपर्ने खानाहरु

कोरोना भाइरस संक्रमित विरामी संग कुरा-कानी गर्ने क्रममा र विरामीहरुलाई उपचार गर्दै-गर्दा देखिएको लक्षणहरु र कोरोना संक्रमितहरुले भोगेका कुराहरुलाइ समावेश गर्दै , कोरोना संक्रमितहरुको उपचार कसरी भै  रहेको छ ? र हाम्रो शरीरमा इम्युन सिस्टम बलियो बनाउन किन  जरुरी छ ? के-के खाने कुराहरुले शरीर को इम्युन सिस्टम बढाउँन सकिन्छ भनी अन्य विभिन्न कुराहरुलाई पनि समेटेर “ह्योल्मो सोसाईटी अफ अमेरिका” को फेसबुक आइडि मार्फत “RN Kesang Dolma” ज्यु ले यो संदेश सबैमा पठाउनु भएको छ।

वहाँले आफ्नो ज्यानको बाजी राख्दै कोभिड-१९ को संक्रमितहरुलाई बचाउन लागु पर्दै गर्दा, वहाँले कोभिड १९ को संक्रमितहरुमा देखिएको लक्षणहरुलाई पनि नोट गरी सबैभन्दा बढी देखिएको लक्षणहरु र  बिना लक्षण पनि कोरोना भेटिएको कुरालाई वहाँ ले यो भिडीयो मा बताउनु भएको छ भने शरीर मा इम्युन सिस्टमको महत्वको साथ इम्युन सिस्टम लाइ बढाउँन  के-के खानु पर्छ ? भन्ने कुरालाई पनि थप प्रस्ट पारि दिनु भएको छ।

कोरोना भाइरस लागेका विरामीमा देखिएको मुख्य लक्षणहरु :

  1. खोकी
  2. ज्वरो
  3. पखाला
  4. स्वास फेर्नमा कठिनाइ आदि..

वृद्द विरामीहरुमा देखिएको लक्षणहरु :

  • सोचाइमा उल्झन, कन्फ्युजन आउने
  •  जिब्रो को स्वाद थाहा पाउने क्षमता र नाकको गन्ध थाहा पाउने क्षमता घट्ने वा पुर्ण रुपमा गुम्ने आदि…

यी माथि बताएको लक्षणहरु प्राय धेरैमा देखिएको लक्षणहरु रहेको र  कसैमा बिना लक्षण पनि कोरोना भाइरसको संक्रमण भेटिएको कुरा वहाँले बताउनु भएको छ।