Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

आत्म-हत्या गराउने रोग (मानसिक रोग “डिप्रेसन” )

डिप्रेसन एक साधारण मानसिक रोग भएता पनि कतिपय व्यक्तिमा यो ज्यान लिने रोग पनि बनेर आउने गरेको छ . पछिल्लो समय नेपालमा धेरै मानिसहरु डिप्रेसनको सिकारमा पुगेको देखिन्छ . अनेकौं लागु पदार्थको सेवन देखी गरिवीले धेरै मानिसहरु मानसिक रोगको सिकार भै डिप्रेसनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका छन्  भने कति परिवारको रेखदेख कारण उपचारमा सफल भएका पनि छन् .

मानसिक रोग खासै ठुलो र जटिल रोग होइन, उपचार गरे र आफुलाई चिन्ने प्रयास गरे यो रोग आफैं ठिक हुन सक्छ  तर समयमा ध्यान नदिंदा, चिन्ता बढी लिंदा मानिस आफ्नै जीवनमा आफैं हरेस खाएर आफ्नै जीवन को हत्या गर्न पनि पछी हट्दैन .

मानसिक रोग हत्त पत्त झट्टै हेर्दा चिन्न नसकिने रोग भएको कारण पनि कसलाई डिप्रेसन भएको छ भनेर छुट्याउन निकै नै गाह्रो हुने गर्छ . कसको मस्तिस्क मा के कुरा खेल्दैछ भन्ने अरुलाई थाहा पनि हुदैन जसको कारण हत्त पत्त मानिसहरु डिप्रेसन को सिकारमा पुग्दै गएको थाहा पाउन सकिंदैन . डिप्रेसन हर कोहिलाइ हुने भएता पनि कति लाइ के हि समयमा आफैं ठिक हुन्छ त कतिलाई औषधि नै सेवन गर्नु पर्ने पनि हुन सक्छ .

डिप्रेसन भएको कसरी थाहा पाउने ? डिप्रेसनको लक्षण

यदि कुनै व्यक्ति सधैं दुखित देखिन्छ, निराश भै रहन्छ, एकोहोरो टोलाउंछ,बोलाउँदा पनि नसुने जस्तो हुन्छ र आफ्नैं संसार मा हराएको झैं देखिन्छ वा कुनै कुरा सोचेर निराश भै बसेको देखिन्छ, निन्द्रा लाग्दैन वा खासै सुत्दैन भने उक्त व्यक्ति डिप्रेसनको सिकार भएको हुन सक्छ .

हुन त सबैको आनीबानी फरक-फरक नै हुन्छन तर एक हासी खेली गर्दै गरेको हसिलो अनुहार को व्यक्ति एक्कासी यसरी टोलाउने, वा अलिक अर्कै चिन्तित  व्यवहार त्यो पनि एक दिन हैन करिव हप्ता दिन भन्दा बढी भै सकेमा,  चिन्ता बढी लिने गरेमा उक्त व्यक्ति डिप्रेसन को सिकार मा भएको हुन सक्छ .

डिप्रेसन एक मानसिक रोग हो. यो कुनै धामी झाँक्री लगाउने रोग होइन तर यदि डिप्रेसन मा परेको ब्यक्ती धामी झाँक्री को बारेमा बढी विश्वास गर्ने किसिमको व्यक्ति भए धामी झाँक्री पनि लगाउनु पर्ने हुन सक्छ कारण उक्त व्यक्ति को मनशान्ती बनाउन र उसको धामी झाँक्री प्रति को विश्वास बाट उसको मन को चिन्ता हटाउन उसको मन राखी दिन को लागि मात्रै भए नि धामी झाँक्री लगाउनु पर्ने हुन्छ . यति गरेसी उसको मन हलुङ्गो हुँदछ उसले सोचेको कुरा पुरा हुँदछ र उसको मस्तिस्क मा कुरा खेल्न बन्द हुनेछ र डिप्रेसन बाट ठिक हुँदछ .

पहिले-पहिलेका मानिसहरु धामी झाँक्रीमा बढी विश्वास गर्दथे र  धामी झाँक्री लगाउने गर्थे. यसी बीच धामी ले पनि जंगली लागेको भनेर फुक-फाक गरि दिथ्यो र अब ठिक हुन्छ भनि दिन्थ्यो . यसले उक्त डिप्रेसन को बिरामी को मन मा शान्ती मिल्दथ्यो र  विरामीलाइ मन सन्तोक भए पछी उसको डिप्रेसन  ठिक पनि हुने गर्दथ्यो .

डिप्रेसन औषधि नै खाएर मात्र ठिक हुन्छ भन्ने होइन, डिप्रेसन एक मानसिक समस्या हो त्यसैले आत्मा शान्ती बनाउने किसिमका व्यवहार गराईदिने गरेमा डिप्रेसन आफैं ठिक भएर जाने छ .

निन्द्रा राम्रो पुग्ने गरे, मानसिक चिन्ता कम भए, सोचेको सपना पुरा भए, ऋण को चिन्ता ले भए ऋण चुक्ता भएसी ठिक हुँदछ , वा सधैं बसेर बोर भएर डिप्रेसन भएको भए नै नयाँ रमझम ठाउँ घुम्न गए वा भनौं मन मनोरन्जन तिर बढी फोकस गराउने गरे डिप्रेसन आफैं ठिक भएर जाने गर्दछ .

डिप्रेसन हुने कारणहरु :

हामी डिप्रेसन लाइ एउटा मात्र नजर मानसिक रोग वा बौलाएको भनेर हेर्ने गर्छौं तर डिप्रेसन हुने कारणहरु अनेक हुन्छन. डिप्रेसन को पनि अवस्था हुन्छ सामान्य डिप्रेसन मा हर कोहि व्यक्ति पर्दछ र एक हि घण्टा वा दिन मा आफैं पनि ठिक हुदछ तर को हि भने सोच्दा सोच्दै बढी सोचेर ठिक हुन नसकेर मानसिक रोग मा प्रवेश गरी डिप्रेसन हुने गर्दछ .

डिप्रेसन हुने कारणहरु एक मात्र हुँदैन. डिप्रेसन चिन्ता बढी लिएर बढी सोचेर हुने समस्या हो. सोचाइ को कमजोरी को कारण डिप्रेसन हुने गर्दछ. जसमा को हि व्यक्ति लागु पदार्थ को बढी सेवन गर्ने गर्दा पनि लागु पदार्थ ले सोच्ने क्षमता नस्ट गरि दिएर डिप्रेसन भएको हुन सक्छ भने कोहि कुनै ऋण लागेर कसरी तिर्ने भन्ने चिन्ताले डिप्रेसन मा परेको हुन सक्छ . मुख्य गरी यहि गरिवी र लागु पदार्थ को कारण मानिसलाइ डिप्रेसन हुने गर्दछ .

कोहि व्यक्तिहरु प्रेम गुमाएर पनि डिप्रेसन मा पुगेका हुन्छन त कोहि सोचेको पुरा नहुँदा डिप्रेसन मा परेको हुन्छन . कोहि मानिसहरु धन कमाउन सकिन भनेर डिप्रेसन मा परेका हुन्छन त कोहि सुन्दरता राम्रो नभएको कारण डिप्रेसन मा परेको हुन सक्छन .

कोहि मानिसहरु असल जीवन साथी नपाएको चिन्ता ले डिप्रेसन मा परेको हुन्छन त कोहि लभ परेन भनेर चिन्ता ले डिप्रेसनमा परेको हुन्छन . कोहि प्रेम मा ढोका खाए पछी डिप्रेसन मा परेको हुन्छन त कोहि समाज मा अनुहार देखाएर हिड्न नसके पछी डिप्रेसन मा परेको हुन्छन .

डिप्रेसनमा हुने मानिसहरुको कारण आ-आफ्नै व्यथा अनुसार हुन्छ जुन एक दोस्रो संग मिल्दैन. मिल्छ त सिर्फ सोचाइमा कमजोरी.

डिप्रेसनको उपचार :

डिप्रेसनको उपचारको लागि सबै भन्दा महत्वपूर्ण कुरा हो मानसिक चिन्तामा कमि ल्याउनु पर्ने. मानसिक चिन्ता कमि भए पछि डिप्रेसन आफैं ठिक भएर जान्छ. मानसिक चिन्ता कम गराउने तरिकाहरु पनि अनेक हुन्छन. जस्तै कि औषधि सेवन गरेर मस्तिस्कमा दुखि बनाउने हर्मोन उत्पादन मा कमि ल्याएर खुसि दिलाउने किसिमको हर्मोन को बृद्दी गराएर पनि डिप्रेसन को उपचार गर्न सकिन्छ भने निन्द्रा बढी लगाएर डिप्रेसन को उपचार गरिन्छ.

जब निन्द्रा बढी लाग्न थाल्छ तब व्यक्ति को दिमाग मा नकारात्मक कुराहरु हराउन थाल्छ हरेक नकारात्मक सोचाइहरु बिर्सन थाल्छ र डिप्रेसन ठिक हुदछ भने कुनै पनि समस्या परेको छ र उक्त परेको समस्या को समाधान भए पछि पनि व्यक्ति डिप्रेसन बाट मुक्त हुदछ .

औषधि बिना डिप्रेसन को उपचार गर्ने हो भने लागु पदार्थ को सेवन गर्ने ले यो छोड्नु पर्दछ किनकि लागु पदार्थ ले कम्जोर सोचाइ बनाउदछ र डिप्रेसन बढाउने गर्दछ.  घर को माहोल र राम्रो बनाउनु पर्दछ. डिप्रेसनको बिरामी को कुरा निसंकोच सुन्नु पर्दछ . डिप्रेसन मा परेको बिरामीलाई सम्झाउने भन्दा उसले भनेको कुरा आफुले सुन्ने गर्नु पर्दछ र उसको कुरालाइ आत्मासाथ गराउनु पर्दछ ता कि उसलाई लागोस तपाईं उसको ब्यथा सुनी दिने कोहि छ . जसले उसको मनको बोझ कम हुँदछ र डिप्रेसन ठिक हुँदछ . घर को माहोल शान्ती छैन भएन जति नै औषधि खाए पनि डिप्रेसन कहिल्यै ठिक हुने छैन . त्यसैले डिप्रेसन को लागि घरको माहोल सधैं शान्ती र प्यार ले भरिएको हुनु पर्दछ.

डिप्रेसन हुनबाट बच्न के गर्नु पर्छ ?

डिप्रेसन हुनबाट बच्ने सबै भन्दा सजिलो उपाय आफुलाइ र समय लाइ बुझ्ने गर्नु पर्दछ र मानसिक चिन्ता लिन हुँदैन. कुनै समस्या पर्दा आत्तिनु हुँदैन . समस्या ले झन् ठुलो समस्या उत्पन्न गराउदछ भन्ने सोच्नु पर्दछ र समस्या मा समाधान पनि हुन्छ भन्ने बुझ्नु पर्दछ. जसरी बिना चावी को ताल्चा हुँदैन त्यसरी नै समाधन बिनाको समस्या हुँदैन भनेर सोच्नु पर्छ बुझ्नु पर्छ .

मानसिक सोचाइ कम्जोरी बनाउने किसिमका के हि खान हुँदैन जस्तै लागु पदार्थ मानसिक सोचाइ कम्जोर बनाउने पदार्थहरु हुन त्यसैले यस्ता किसिमका लागु पदार्थ सेवन गर्न बाट बन्चित रहनु पर्दछ .

हरेक दिन सुत्दा निन्द्रा पुरा हुने गरि सुत्नु पर्दछ निन्द्रा कोकमि भएमा ३/४ भित्रै मा मानसिक रोग ले भेटाउन सक्छ . निन्द्रा प्रयाप्त हुने गरी सुत्दा धेरै वटा रोगहरु बाट पनि बच्न सकिन्छ .

मष्तिस्क को क्षमता बढाउने किसिमका खानेकुरा खाने गर्नु पर्छ . शरीर मा पासण तत्व प्रयाप्त भए पछि मस्तिस्क मा विभिन्न हर्मोनहरु उत्पन्न हुन साथ् दिदछ जसले मानसिक रोग लाग्न दिंदैन .

पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्दछ . पानीले हाम्रो मष्तिस्क मा न्युरोनहरुको गतिविधि मा विकास गर्दछ जसले सोचाइलाइ फाइदा पुर्याउदछ र डिप्रेसन हुन बाट बचाउने काम गर्दछ .

अरुको कुरा नगर्ने, अरुलाई गलत नभन्ने, अरुका गलत कुरा नसुन्ने, आफु सहि भए अरुले के भन्ला भनेर नडाउने, सके सम्म अरुलाई सहयोग गर्ने जस्ता कार्य गर्नु पर्दछ . अरुलाई सहयोग गर्दा कसरी डिप्रेसन ठिक हुन्छ भन्ने लाग्छ होला तर अरुलाई सहयोग गर्दा मन मा एक किसिमको खुसी र उर्जा प्राप्त हुँदछ जसले डिप्रेसन हुन बाट पनि बचाउदछ .

डिप्रेसन हुने कारण अनेक हुन्छन त्यसैले डिप्रेसन हुन बाट बच्न सबै भन्दा पहिला आफ्नो सोचाइलाइ नै बलियो बनाउनु पर्दछ र कमोजोरी सोचाइ बनाउन बाट बच्नु पर्दछ .