Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

माकुरा ले जालो कसरी बनाउछ ? how do spiders make a web?

माकुरा को जालो , यदी  तपाइले कुनै नया घर बनाउदै गरेको देख्नु भएको छ भने तपाइलाई पक्कै थाहा होला कि घर को नमुना बास, भाटा वा सिमेन्ट आदि ले बनाइन्छ तर माकुरा ले आफ्नो घर बनाउदा यस्ता बाहिरी कुनै पनि चिज को प्रयोग गर्दैन । माकुरा ले केवल आफ्नै शरीर बाट रेशमी धागो निकालेर आफ्नो घर आफै बनाउने गर्दछ ।

माकुराले जालो बनाउन आफ्नै शरीर बाट रेशमी धागो निकाल्दछ र यो धागो प्रोटिन बाट बन्ने गर्दछ ।

माकुरामा रशमी धागो उत्पादन गर्ने ग्रन्थीहरु हुन्छन र यिनै ग्रन्थीहरुबाट माकुराले रेशमी धागो निकाल्ने गर्दछ ।

यी रेशमी धागो अलग अलग हुन्छन कुनै चिप्लो हुन्छन , कुनै सेतो वा कुनै अतिनै चम्किलो हुन्छन् । त्यति मात्र होइन माकुरा मा ३६० डिग्री मा घुम्न सक्ने क्षमता पनि रहेको हुन्छ र जब माकुराले आफ्नो रेशमी धागो निकाल्न सुरु गर्दछ तब सबै भन्दा पहिला ३६० डिग्री मा घुमेर रेशमी धागो ले एक गोलो घेरा लगाउदछ र त्यसैलाई मूल बिन्दु बनाई माकुराले ठुलो-ठुलो जालो बनाउने गर्दछ ।

मतलब जसरी हामि घर बनाउदा जग बनाउछौं र त्यहि जग को अधार मा घर को निर्माण गर्छौं ठिक त्यसरी नै माकुरा ले सबै भन्दा पहिला ३६० डिग्री को एक सानो गोलो घेरा लगाउदछ र त्यहि सानो घेरा लाई मुख्यबिन्दु बनाई ठुला-ठुला जालो बनाउने गर्दछ ।

अचम्म को कुरा त के हो भने माकुरा हेर्दा निकै सानो भए पनि यसले बनाएको जालो मा माकुरा भन्दा ठुला ठुला किराहरु, सर्पहरु, मुसाहरु, आदि लाई सजिलै आफ्नो जाल मा फसाउन सक्दछ भने माकुरा ले आफ्नो आहार पनि आफ्नै जालो मा किराहरु फसाएर खाने गर्दछ ।