Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

ब्लड प्रेशर हाई हुदा कसरी घटाउने ? High Blood Pressure

ब्लड प्रेसर हाइ हुनु अतिनै खतरापूर्ण हुन सक्छ । प्रेसर साधारण रुपमा हाई हुनु खासै जटिल नभए पनि अति नै प्रेसर बढ्दा भने यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

प्रेसर हाइ हुदा मृगौला देखि लिएर मुटु र दिमाग मा समेत ठूलो असर गराउदछ । त्यसैले यदि कसैको प्रेसर हाइ छ भने यी तल बताइको अनुसार प्रेसर लाई कम गर्न सकिन्छ ।

तर यी करिब 1/2 महिना वा सो भन्दा बढी 6 महिना देखी 1 वर्ष समय सम्म दैनिक फलोअप गर्न जरुरी हुन्छ ।

  1. एक वटा अमला लाई दैनिक खाने गर्दा ब्लड प्रेसर लाई पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ ।
  2. हरेक दिन बिहान 2/3 वटा लसुन को काचो केस्रा खाने गरे यसले ब्लड प्रेसर लाई नियन्त्रण गर्दछ ।
  3. एक कप पानी मा 2/3 ग्राम जति दालचिनी को धुलो उमालेर एक चम्चा मह मिसाई पिउने गरे ब्लड प्रेसर धेरै हद सम्म कम हुने गर्दछ ।
  4. निम को पात दैनिक 2/3 वटा खाने गरे यसले ब्रल्ड प्रेसर लाई ह्वात्तै घटाउन मद्दत गर्दछ ।
  5. 2/3 वटा मेवा को चाना दैनिक खाने गर्दा प्रेसर कम गराउन ठूलो सहयोग गर्दछ ।
  6. 12 वटा निम को पात र 6/7 वटा तुलसी को पात मिसाइ पिसेर आधा कप पानी मा मिसाइ दैनिक बिहान खाली पेट मा पिउने गरे ब्लड प्रेसर पुर्ण रुपमा अन्त्य गर्न सकिन्छ ।
  7. पालक को साग र गाजर को जुस बनाई 1-1 गिलास दैनिक पिउने गरे प्रेसर धेरै हद सम्म कम गर्न सकिन्छ ।
  8. 5/7 ग्राम जति थोरै तृफला को चुर्ण यनिकी हर्रो, बर्रो , अमला पिसेर यसको रस आधाकप तातो पानी सङ्ग घोलेर दैनिक सुत्नु अघि खाने गरे ब्लड प्रेसर धेरै हद सम्म नियन्त्रण मा आउने छ ।