Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

हन्ता भाइरस : मुसा को टोकाईमा लाग्न सक्ने भाइरस “हन्ता भाइरस सन् १९९३”

हन्ताभाइरस: हन्ता भाइरस मुसा को टोकाई बाट लाग्ने भाइरस हो । हन्ताभाइरस 1993 मा मुसा को टोकाई मार्फत पत्ता लागेको थियो ।
हन्ताभाइरस सेतो खुट्टा भएको मुसा बाट सर्ने गर्दछ । विशेष गरी हन्ता भाइरस जँगली प्रजातिको मुसा त्यसमा पनि रुखमा बस्ने मुसा,धान को कुनिउमा बस्ने मुसा,परालमा बस्ने मुसा आदि मा पाइने गर्दछ ।

घरमा बस्ने मुसामा पनि यो हन्ता भाइरस हुन सक्छ । यस्ता प्रजाती को मुसालाई Rice rat, cotton rat,पनि भनिन्छ । यो प्रजाती का मुसामा हन्ता भाइरस पाइने तथ्य May 1993 बाहिरिएको थियो । हन्ता भाइरस मानिस बाट मानिस मा सर्दैन तर मुसाको टोकाईबाट भने मानिसमा सर्दछ भनी पुष्टि १९९३ मै पुष्टि भएको थियो ।

सन् २०२० को मार्च महिनामा  मुसा को टोकाई बाट हन्ता भाइरस लागेर चीनमा एक ब्यक्ति को मृत्यु भएको थियो भने CDC ( The Centers for Disease Control and Prevention )  ले आफ्नो  वेबसाइट मा दिएको जानकारी अनुसार सन् २०१७ मा पनि ३६ वटा देशहरुमा यो  हन्ताभाइरस फैलिएको थियो । जसमा ७२८ जना हन्ताभाइरसबाट संक्रमित पनि भएका थिए ।


Read More


हन्ता भाइरस को विषयलाइ अन्तराष्ट्रिय मिडियाहरुले सन् २०२० को मार्च महिना मा निकै चर्चा गरेका थिए। यस्ता हन्ताभाइरस भएका मुसा जताततै पाइन सक्ने हुँदा र मुसाले पनि टोकेमा कुनै किसिम क नकारात्मक असर देखिने बितिक्कै तुरन्त चेकजाँच गरी उपचार गर्नु पर्दछ।

हन्ता भाइरस को लक्षणहरु:

मुसाले टोक्दा हुने यो हन्ताभाइरस को संक्रमण भए पछि

  • ज्वरो आउने
  • पखाला लाग्ने
  • जिउ दुख्ने
  • बमिट हुने
  • थकाई लाग्ने
  • श्वासप्रश्वास मा समस्या आउने गर्दछ ।

हन्ता भाइरस सन् 1993 मा पत्ता लागेता पनि अहिले सम्म यसको औषधि भने पत्ता लागेको छैन । यदि मुसाले टोकेर माथि बताइए अनुसार को लक्षण देखिने बित्तिकै तरन्तै उपचार गरे अर्थात शरिर मा हन्ताभाइरस ले आक्रमण गर्न नपाउंदै उपचार गरे हन्ता भाइरस  को उपचार ठिक हुनेछ । यहि कारण कसैलाई यदि मुसा ले टोकेमा र माथि बताइए अनुसार को लक्षण देखिएमा तुरन्तै डाक्टर र हस्पिटल मा सम्पर्क गर्नु पर्दछ ।

हन्ता भाइरस नेपालमा पनि हुन सक्ने भनी आशंका गरिएको थियो ।  यदि मुसाले टोकेर त्यस्ता प्रकारका लक्षण देखिए भने तुरन्तै उपचार को लागी तपाईं अघी बढ्नु पर्ने छ  ।

हन्ता भाइरस बाट बच्ने उपाय :

हन्ता भाइरस जंगली मुसा बाट सर्ने भएको हुँदा

  • पराल को कुन्यु मा पराल तान्दा होसियारी अपनाउनु पर्दछ ।
  • घर छेउछाउ जंगल वा घारी छ र मुसा बढी मात्रामा छ भने मुसा को औषधी राखि घरमा जंगली मुसा आउँनबाट जोगाउन र मुसा भगाउने उपाय अपनाउनु पर्दछ ।
  • सुत्दा झुल टागेर सुत्ने गरे लामखुट्टे को टोकाई बाट मात्र बच्ने होइन सुतेको बेला अन्य कुनै पनि जीव ले टोक्न बाट बच्न सकिन्छ जस्तै मुसा को टोकाई बाट बच्न सकिन्छ, सर्प को टोकाई आदिबाट बच्न सकिन्छ ।
  • यो हन्ता भाइरस बाट बच्ने उपाय नै त्यहि उपाय हुदछ, जुन घर मा मुसा आउँन  वा जंगली मुसा छिर्न बाट जोगाउने उपाय र मुसा को टोकाई बाट बच्ने उपाय अपनाए यो हन्ताभाइरस बाट सजिल्यै बच्न सकिन्छ ।