Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

मृगौला को पथरिया हुदा खानै नहुने खानाहरु || Bad Food for kidney stone

मृगौला को पथरिया  हिजो आज नेपाल मा हर कोहि मा हुने गरेको पाइन्छ । मृगौला को पथरिया हुँदा ढाड दुख्ने, बमिट आउन खोज्ने, बारम्बार पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने वा दुख्ने, पानी कम पिएको बेला अत्याधिक पेट दुखेको महसुस हुने तर कहाँ दुख्दै छ? भन्ने ठम्याउन नसकिने गरि दुख्ने, कम्मर वा कम्मर को तल्लो भाग दुख्ने आदि जस्ता समस्या देखिने गर्दछन । यदि तपाईंलाई पथरिया को समस्या छ भन्ने संका लाग्छ भने तुरन्त नजिकैको मेडिकल मा गएर किड्नी अल्ट्रा साउण्ड (USG) मार्फत चेक गर्न सक्नुहुनेछ ।

पथरिया हुँदा खानै नहुने खानाहरु :

  1. जाड, रक्सि, चुरोट, बियर, मधु, गुट्खा, सुपारी, खैनि जस्ता पदार्थ पटक्कै खानु हुँदैन ।
  2. ढिलो पाचन हुने किसिमका खाना पटक्कै खानु हुदैन ।
  3. किसमिस, काजु, स्ट्रबेरी, आरु, पटक्कै खानु हुदैन ।
  4. पालुंगो साग, टमाटर, चम्सुर को साग वा चम्सुर, बैगुन, पटक्कै खानु हुदैन ।
  5. कोका कोला, स्प्राइट जस्ता कोल्ड ड्रिंक वा सोडा पटक्कै पिउनु हुदैन ।
  6. धेरै चर्को नुन, बट्टा मा हालेको अचार, पापड, कफी, दुध लगाइएको चिया पटक्कै खानु हुदैन ।
  7. मासुमा धेरै प्रोटिन पाइने हुदा मासु पनि नखानु उचित मानिन्छ ।
  8. पेट दुख्यो भनेर जथाभावी आफूखुसी डाक्टरको सल्लाह बिना पेनकिलर औषधि खानु हुदैन यसले मृगौला लाई ड्यामेज बनाउन पनि सक्छ ।