Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

कोरोना भाइरस लाग्दाको अनुभव, कोरोना भाइरस संक्रमित संग हाम्रो कुराकानी, नडराउनु होस्, ख्याल गरे कोरोनाले केहि असर नगर्दो रहेछ

भन्दा अपत्यारिलो लाग्न सक्छ तर होसियारी अपनाउँदा कसै-कसैलाई  10 रुपैयाँको 2 वटा सिटामोलको ट्याब्लेटले पनि कोरोना ठिक हुँदो रहेछ । यो कोरोना संक्रमित एक नेपालीको भोगाई हो ।

कोरोना पोजिटिभ भएर पनि आफ्नो ख्याल गर्दा आइसोलेसनमा बस्नु नपरी क्वारेन्टाइनमा मात्र बसेर उपचार भैरहेका एक नेपालीको कोरोना लाग्दाको यो अनुभव… सबैले पढ्न र सक्दो सेयर गरी  कोरोना प्रती मान्छेहरु को डर र भ्रम हटाउन जरुरी छ ।

वहाँ भन्नू हुन्छ , कती मान्छेहरु कोरोना लागे पछि शरीरमा भएको रोगहरु बढेर मर्दा रहेछन, त कती कोरोना लागेको सुन्ने बितिक्कै डरले हर्टअट्याक भएर मर्दा रहेछन ।

सामाजिक सन्जालले फैलाई दिएको त्यो भ्रम र डरको असर त त्यती बेला मात्र पर्दो रहेछ, जती बेला कोरोना पोजिटिभ भएको रिपोर्ट हातमा पर्दछ ।

आधा शरीर त कोरोना पोजिटिभ भएको रिपोर्ट हात परि सक्दा डरले सल्याक सुलुक भइदो रहेछ ।

यो बेला प्रेसर हाई भएका  र मुटु रोगीहरु, डरले हर्ट अट्याक भएर नै सकिँदा रहेछन । कती ठाउँ को ठाउँ लडेर बेहोस हुँदा रहेछन । कम सोचाई भएकाहरु भने बढी डर र परिवार को चिन्ताले बढी सोचेर डिप्रेसन मा पर्दा रहेछन त कतीले डर खप्न नसकेर आत्म हत्या पनि गर्दा रहेछन ।

यी तलका विशेष स्वास्थ्य जानकारीहरु पनि पढ्नुहोस :

तर आफ्नो ख्याल गर्नेहरु र सधैँ पोषिलो खाने कुरा खानेहरु, तातो चिज र घरायसी अनी आयुर्बेदिक चिज खानेहरु र आत्मा बल दह्रो भएका नडराउनेहरु , कोरोना लागेको भन्ने थाहा नै नपाई फ्लु होला भन्ने सोची रहँदा रहँदै पनि कोरोना लागीवरी ठिक भै सकेका हुँदा रहेछन। पछि सङ्गगैका अरुको चेक गर्दा मात्र थाहा पाउँदा रहेछन म त कोरोना लागेर पनि ठिक  भएको पो रहेछु भनेर ।

विदेशमा रहनु भएको एकजना नेपाली कोरोना संक्रमित संग (नाम नखुलाउने सर्तमा ) हामीले फेसबुक मेसेन्जर मार्फत कुराकानी गरेको छौं। वहाँले  बताउनु भए अनुसार कोरोनाभाइरस को बारेमा संजालमा देखिए झैं यति धेरै डराउनु जरुरी छैन रहेछ तर होसियार अपनाउन भने अवस्य जरुरी रहेको  कुरा वहाँले बताउनु भएको छ।

वहाँ भन्नु हुन्छ, कि वहाँ र वहाँको साथिहरु बीच एक-अर्कामा कोरोना भाइरसको लक्षणहरु अलग-अलग थियो । यसरी कोरोना को लक्षणहरु अलग-अलग देखिंदा सुरुमा त कोरोन होइन, फ्लु हो भन्ने लागेको थियो। किनकि कोरोना को लक्षणहरु एक अर्कामा के हि मिलेको थिएन र अहिले पनि एक अर्कामा लक्षणहरु के हि मिली रहेको छैन।  तर लक्षणहरु एक अर्कामा नमिल्दा पनि सबै साथीहरु कोरोना संक्रमित रहेको कुरा बताउनु भएको छ।

वहाँहरु एक अर्कामा देखिएको लक्षणहरु मध्य एक जनामा हल्का ज्वरो मात्र आएको र रुघा लागेर नाक टालिएको  तर अरु कुनै लक्षणहरु वहाँ लाइ नदेखिएको कुरा बताउनु भयो।

तर वहाँ को दोस्रो साथी जसलाई ज्वरो नआएको तर हल्का चिसोले खोकी मात्र लागेको र अन्य कुनै पनि लक्षणहरु नभएको कुरा बताउनु भयो।

त्यसैगरी अर्का तेस्रो व्यक्तिमा कुनै लक्षण बिना नै एक्कासी दम बढे जस्तो भएर स्वास फेर्न गाह्रो भएको, दम पो होकी? भनेर संका गर्दा मेडिकल टेस्ट मा कोरोना प्रमाणित भएको कुरा बताउनु भयो। त्यसैगरी चौथो व्यक्तिमा घाँटी दुखेर खान गाह्रो परेको  र खोकी पनि हल्का लागेको तर ज्वरो नआएको र अन्य कुनै लक्षणहरु नदेखिएको कुरा बताउनु भयो।

त्यसैगरी अन्य ४ जनामा खोकि र ज्वरो दुवै आएको तर ति मध्य  २ जना चैं, करिव ७ दिन पछि आफैं ज्वरो ठिक भएको र त्यसको १/२ दिन पश्चात खोकी पनि हराउंदै गएको र कुनै उपचार बिना नै कोरोना हो कि होइन भन्ने थाहा नै नपाइ आफैं कोरोना ठिक भएको कुरा बताउनु भयो।

ती ४ जना कोरोनाको संक्रमित भै रहँदा पनि वहाँहरुलाई कोरोना होइन फ्लु नै हो भन्ने लागेर फ्लु कन्ट्रोल गर्ने विधि अपनाउँदा २ जना ठिक भएको तर एक जना चैं फ्लु लाई पनि वास्ता नगरी खानपान मा ध्यान नदिई चिसो पानी मात्र पिउने र रक्सि बढी पिएको कारण  टाइफाइड जस्तै भएर अलिक गाह्रो भएको, र अर्का चैं  बिस्तारै ठिक भएको कुरा बताउनु भयो।

यसरी वहाँ हरु २ जना आफैं ठिक भएको देख्दा पक्कै कोरोना त होइन भन्ने लागेको थ्यो तर पनि संका गरेर चेक गर्न जाँदा कोरोना पोजिटिभ देखिएको कुरा बताउनु भयो।

हाल वहाँलाइ साधारण ज्वरो को १० रुपैया को औषधि मात्र दिएको छ र त्यहि १० रुपैया पर्ने औषधिले वहाँलाइ ठिक भै रहेको कुरा बताउनु भएको छ।  २ वटा ज्वरोको सिटामोल ट्याब्लेट ले वहाँ एक जनामा कोरोना को ज्वरो पुर्ण रुपमा कन्ट्रोल हुँदै गरेको कुरा बताउनु भएको छ र अरुमा पनि जुन लक्षणहरु देखिएको छ त्यहि अनुसार को उपचार भै रहँदा  वहाँहरु पनि ठिक हुँदै गएको कुरा बताउनु  भएको छ। जसलाई खोकी लाग्छ उसलाई खोकी को औषधी, जसलाई ज्वरो आउँछ उसलाई ज्वरो को औषधी, ज्वरो र खोकी दुवई हुने लाई ज्वरो र खोकी को दुवई औषधी पो दिएर ठिक हुदो रहेछ भनेर बताऊनु भएको छ ।

वहाँ ले बताउनु भए अनुसार वहाँले सधैं तातो पानी पिउने गर्नुहन्थ्यो। तातो पानी को बाफ लिंदै गर्नु हुन्थ्यो।  चुरोट, रक्सि जस्ता लागु पर्दाथ खानु भएन, दैनिक तातो पानीमा बेसार मिसाएर  खाने गर्नु भएको थियो। तातो पानी मा अदुवा मिसाएर पनि खाने गर्नु हुन्थ्यो।  यसरी हरेक दिन आफ्नो ख्याल गर्नुको कारण पनि बताउनु भयो कि यदि कोरोना रहेछ भने पनि ठिक हुनेछ र यदि होइन रहेछ भने पनि फ्लु बाट चांडै छुटकारा पाइने छ र यो समस्या र टेन्सनबाट मुक्त हुन लाइ थियो।

यो साधारण रुघा मार्गी लाग्दा अपनाइने फ्लु कन्रोल गर्ने विधिलाइ हाम्रो युटुबमा च्यानलमा हामीले एक साल अघि अपलोड गरेको त्यो भिडीयो हेरेर त्यसलाई फलो अप गर्दै इम्युन सिस्टम बढाउँन तिर ध्यान दिएको कुरा बताउँदै हामीलाई त्यस्ता जानकारी मुलक भिडीयोहरु अपलोड गरि दिएकोमा धन्यवाद पनि दिनु भएको थियो।

इम्युन सिस्टम बढाउने र फ्लु बाट बच्ने जानकारी मुलक भिडीयोहरु ले गर्दा वहाँलाइ कोरोना संक्रमण को जटिल स्थितिमा पुग्नबाट बन्चित भएको कुरा बताउनु भयो।

यसरी कोरोना होकी होइन भनेर थाहा नपाउँदा पनि आफुलाइ ध्यान दिएको कारण  कोरोना लाग्दा यसले ठुलो समस्या आउँनबाट बचियो।  जसको कारण हस्पिटलले पनि ‘तिमीहरुलाइ के हि भएको छैन,  सबै ठिक छ भनि हस्पिटल भित्र बाट बाहिर अलग्गै क्वारेन्टाइनमा  राखी साधारण फ्लु को औषधि ले नै वहाँहरुलाइ सुधार गराउँदै गएको कुरा बताउनु भयो । वहाँलाइ हाल सम्म ज्वरो आएको १० दिन भएको छ तर चेक गर्न हस्पिटल गएको ४ दिन मात्र भएको छ र रिपोर्ट आएर त्यो क्वारेन्टाइन को रुम मा बसेको ३ दिन मात्र हुँदैछ भन्ने कुरा बताउनु भयो।

अहिले पनि  वहाँहरु क्वारेन्टाइन मै हुनुन्छ र सबै जनामा सुधार हुँदैछ भन्ने कुरा बताउनु भएको छ।


वहाँको भोगाइको अनुभवको साथ “वहाँ भन्नु हुन्छ कि”  “मानिसहरु संजालमा मच्चिएको तहल्काको कारण बढी डराएको रहेछन्, म पनि यहि कारणले धेरै डराएको थिएँ।  कोरोनाको अनुभव गर्नेहरुको पनि गम्भीर स्थितिका मात्रै भिडियोहरु देखिएको कारणले गर्दा आफु पनि त्यहि स्थानमा पुगिने हो कि ? मारिने पो पो होकि  ? भन्ने ठुलो डर लाग्दो रहेछ।

तर अनुभव भयो कि कोरोना भाइरसलाई ध्यान दिए र शरीर मा अन्य रोग नभए हामीमा यो भाइरस बाट कुनै असर हुन सक्दैन रहेछ तर ध्यान नदिए चैं स्वास फेर्नै कठिनाइ भएर मर्न पनि सकिने रहेछ।

त्यसैले  अहिले तातो पानीले छाती पनि सकी रहेको छु, अरु लक्षण  छैन ज्वरो मात्र हो।  यो ज्वरो पनि अस्तिको दिन बिहान र बेलुका  2 पटक एक-एक वटा  ज्वरो को औषधि खाए पछि 36 घण्टा भन्दा बढी भयो ज्वरो आएको छैन।  हेर्दै जाउँ भोलि सम्म के के हुन्छ ?”

अब पुन ज्वरो आएन भने वहाँ पुर्ण रुपमा ठिक हुनेछु भन्दै सबै कुरा बताउनु भयो।   वहाँ र वहाँको अन्य साथीहरु पनि के हि दिनको क्वारेन्टाइन पछि अवस्य ठिक भएर बाहिर निस्कने छौं भनेर बताउनु भएको छ।


त्यसैले सम्पुर्णमा कोरोना भाइरसको अनुभव गरेका के हि व्यक्तिहरुको  के हि यस्ता संदेशहरु पनि प्रदान गर्न अतिनै जरुरी ठानेर यो जानकारी दिने सोच राखेको हौँ। साथै अब वहाँहरुको अनुभव मार्फत हामी सबैले  पनि के बुझ्न जरुरी छ भने,

संजाल मा देखिएको हल्लाहरु देखेर कोरोना संग डराउने होइन, होसियारी रुपमा यसलाई साधरण नै सम्झिएर, रुघा मार्गी लाग्दा ध्यान दिने कुरा लाइ बढी फोकस गरौँ। शरीर को इम्युन सिस्टम बढाउने किसिमका खाने कुराहरु खाउँ, कोरोना लाग्दा ध्यान दिए मरिदैन  भन्ने उदाहण हजारौं उपचार मा सफल भएर आएकाहरुले र कोरोना संक्रमितको व्यक्ति स्वयमंको अनुभव ले प्रष्ट पारेको छ।

त्यसैले सबैलाई  सचेत गराउँ तर नचाहिँदो डर नफैलाउँ र शरीर को इम्युन सिस्टम कम्जोर भएका परिवारका बाल बच्चा वा बुढा बृद्दहरुलाई कोरोना लाग्नबाट बचाउँ र कोरोना लाग्न बाट बच्न र परिवार लाई बचाउन लकडाउन को पालना गरौँ।

वहाँको  क्वारेन्टाइन बाट निस्किए पछि वहाँको नतिजा र सबै अनुभव र वहाँ कति दिनमा पुर्ण निको हुनु भयो ? पुर्ण निको हुन लाग्ने समयसम्म वहाँलाई के-के अन्य असरहरु भयो ? वा भएन? ती सबै जानकारी लिएर उपस्थित हुने नै छौं। वहाँ र वहाँहरु जस्ता सम्पुर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दै तपाईं बाट अहिलेलाइ बिदा हुन चाहन्छु।  धन्यवाद