Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

कोरोना भाइरसको लक्षणहरु: कोरोना भाइरस हो कि होइन? कसरी छुट्याउने ?

कोरोना भाइरसको लक्षणहरु: कोरोना भाइरस हो कि होइन? कसरी छुट्याउने ? कोरोना भाइरस (COVID-19) :

कोभिड १९ भनेको के हो ?

कोभिड १९ एक प्रकार को प्राण घातक रोगको नाम हो,  यसले अहिले सम्म विश्वव्यापी रुपमा लाखौँ मानिसहरुको मृत्यु भइ सेकेको छ। यो अन्य कोरोना भाइरसहरु SARS coronavirus (SARS-CoV) र Middle East respiratory syndrome coronavirus (MERS-CoV) जस्तै जनावरबाट मानिसमा र मानिसबाट मानिस मै पनि सर्ने भाइरस हो ।

यो भाइरस “कोरोना भाइरस” को परिवार बाट आएको एक नयाँ भाइरस “कोभिड-१९” हो जुन सन् २०१९ भन्दा अघि  कहिल्यै भेटिएको थिएन । यो भाइरसलाई विश्व स्वास्थ्य संगठन (WHO) ले  महामारी पनि घोषित गरेको छ ।

कोरोना भाइरस को मुख्य लक्षणहरु के-के हुन् ?

विश्व स्वास्थ्य संगठन (WHO) को अनुसार कोरोना भाइरस को मुख्य लक्षणहरु

  • ज्वरो आउनु,
  • थकित हुनु,
  • स्वास फेर्न मा समस्या आउनु
  • र सुख्खा खोकी लागिरहनु रहेको छ।

कोरोना भाइरस हाम्रो शरीरमा पसे पछि यसले सिधै हाम्रो फोक्सोमा असर गर्ने हुँदा सुख्खा खोकी लाग्ने गर्दछ ।

ज्वरो कसरी आउँछ?

ज्वरो आउनु को कारण हाम्रो शरीरले शरीर भित्र भाइरस वा ब्याक्टेरिया पसेको कुरा थाहा पाए पछि अर्थात् इन्फेक्सन भए पछि शरीर को रोग प्रतिरक्षा प्रणाली एक्टिभ भै यसले  हाम्रै शरीरको तापक्रमको प्रयोग गरी ति भाइरसलाई मार्न हाम्रो शरीर को तापक्रम आटोमेटिक बढाउने गर्दछ र त्यसरी तापक्रम बढेको बेला ज्वरो आउँदछ।

ज्वरो आएको बेला शरीरको इम्युन सिस्टमले शरीर भित्र प्रवेश गरेका ती भाइरस वा ब्याक्टेरिया सँग लडीरहेको हुन्छ।  यो बेला इम्युन सिस्टमलाई साथ दिन र  इम्युन सिस्टमलाई बलियो बनाउँन  तातो-पानी, अदुवा हालेर तातो-पानी, बेसार हालेर तातो-पानी र अन्य पोषण तत्वहरु खानू पर्दछ ।

शरीर ले यसरी तापक्रम बढाउँदा (ज्वरो आउँदा) अरु भाइरस भए मर्दछन् र तापक्रम घटी ज्वरो ठिक हुदछ । यो कोरोना भाइरस चैँ हत्त-पत्त नमर्ने हुँदा, यो भाइरसलाई मार्नको लागि हाम्रो शरीरले निकै लामो समय सम्म तापक्रम बढाइ रहन्छ जसको कारण लामो समय सम्म ज्वरो आउने गर्दछ।

ज्वरो आउँदा शरीर किन थकित हुन्छ ?

ज्वरो आउँदा वा बिरामी हुँदा शरीर थकित हुनुको कारण शरीरमा भाइरस प्रवेश गरेपछि हाम्रो शरीरले ती भाइरसलाई मार्न हाम्रो शरीर को तापक्रम बढाउँदछ । यसरी शरीरको तापक्रम बढाउँदा हाम्रो शरीर भित्रको अटोमेटिक सिस्टमहरुले हाम्रो शरीरमा भएको इनर्जीलाई खपत गर्दछ । यो बेला हाम्रो शरीरमा भएको इनर्जी ह्वात्तै घट्ने हुन्छ र इनर्जी कम हुँदा हाम्रो शरीर कमजोर हुन्छ जसको कारण शरीर  थकित हुदछ।

त्यसैले बिरामी भएको बेला प्रयाप्त मात्रामा पोषण तत्वहरु अर्थात इनर्जी बढाउने किसिमा खानेकुराहरु बढी खान आवस्यक पर्दछ ता  कि हाम्रो शरीर भित्रको अटोमेटिक सिस्टमहरुलाई आफ्नो काम गर्न प्रयाप्त मात्रामा शक्ति पुग्न सकोस ।

कोरोना भाइरसको अन्य लक्षणहरु:

कोरोना भाइरसको लक्षणहरुमा कसैलाई

  • रुघा लाग्ने अर्थात् नाकबाट पानी बग्ने
  • नाक चिलाउने
  • घाँटी दुख्ने
  • पिनास हुँदा जस्तै नाक को डांडी यानिकी  निधार देखि नाकको टुप्पो सम्मको भित्रि नलीमा दुख्ने
  • पखाला लाग्ने जस्ता लक्षणहरु देखिन्छन भने
  • कसैमा कुनै किसिमका लक्षणहरु नदेखिन पनि सक्छ,  त कसैमा एकै ग्रुपको सबैलाई कोरोना लाग्दा पनि सबैमा लक्षणहरु फरक-फरक देखिन सक्छ।

भने के हि मानिसहरुले जिब्रोको स्वाद र सुध्ने क्षमता पनि कम भएको वा पुर्ण रुपमा गुमेको महसुस गरेका छन्।  जुन पछिल्लो चरण मा थपिएको कोरोना भाइरस को नयाँ लक्षणहरु हुन्।

त्यसै गरी अन्य लक्षणहरुमा रुघा मार्गी लागेको बेला को जस्तो लक्षणहरु नै पर्दछन।

  • नाकबाट पानी बग्ने
  • टाउको दुख्ने
  • थकित हुने
  • हाच्छिउ आइ रहने
  • लो ग्रेड को ज्वरो आउने त कसैलाई हाइ ग्रेड को ज्वरो आउने
  • कसैलाई बिना ज्वरो पनि घाँटी  मात्र दुख्ने
  • कसैलाई खोकी मात्र लाग्ने तर ज्वरो, रुघा नआउने,
  • कसैलाई बाहिरी ज्वरो आएको थाहा नहुने तर भित्रि ज्वरो आइ रहको हुने आदि

कोरोना भाइरस हो कि होइन ? कसरी छुट्याउने ?

कोरोना  लाग्दा र साधारण ज्वरो आउँदा  वा रुघा मार्गी लाग्दा पनि  देखिने लक्षणहरु करिव ९५ % उस्तै-उस्तै हुने हुँदा यो कोरोना हो कि अन्य भनेर मेडिकल चेक नगरी छुट्याउन निकै हम्मे-हम्मे नै पर्दछ।  विदेश मा बस्नु भएको के हि नेपाली दाजुभाई हरुले हामीलाई बताउनु भए अनुसार वहाँहरु कोरोना संक्रमित हुँदा पनि के हि डाक्टरहरु नै झुक्किएर यो कोरोना होइन साधारण ज्वरो हो , साधारण फ्लु हो भनेर औषधि दिएर पठाएको तर पछि चेक  गर्दा कोरोना पोजिटिभ भेटिएको कुरा पनि बताउनु भएको थियो। यो कुरा ले पनि बुझ्न सकिन्छ कि कोरोना हो कि होइन भनेर चेक जाँच  नगरी ठ्याक्कै भन्न  कसैले  सक्दैन। त्यसैले यसको उत्तम तरिका भनेको चेकजाँच मात्र हो।  तर पनि यी तल दिइएको तरिका अनुसार कोरोना हो कि  होइन भनेर के हि प्रतिशत सम्म छुट्याउन सकिन्छ।

  • ज्वरो आएको  वा रुघा लाग्न स्रुरु भएको  समय भन्दा ५ देखि १० दिन अगाडि कहाँ-कहाँ गइएको थियो ?
  • को को संग बोलिएको थियो ? तिनीहरुको अवस्था कस्तो छ ? उनीहरु पनि बिरामी छन वा तपाईं मात्र विरामी हुनु हुन्छ ? भनेर पनि छुट्याउन सकिन्छ।

कोरोना भाइरस सक्रमण भएको करिव ५ देखि १४ दिन भित्र मा यसको लक्षणहरु देखिन सुरु हुन्छ।  संक्रमण भएको करिव ५ दिन पछाडी मात्र लक्षण देखिने भएको कारण कुनै पनि ज्वरो वा रुधा मार्गी लागेको ५ दिन अघि कहाँ-कहाँ गइएको थियो र को-को संग बोलिएको थियो ? सबै डाटा खोताल्न जरुरी हुन्छ।

यदि एक परिवारमा एक जना भन्दा बढी भटाभट बिरामी हुँदछन भने यो कोरोना हुन सक्दछ । यसरी पनि कोरोना हो की नाई ? भनेर पनि छुट्याउन सकिन्छ। ज्वरो बढ्न सुरु गरे संका  बढ्न सक्दछ तर १०० % पुर्ण रुपमा कोरोना नै भनेर चेक नगरी थाहा हुँदैन ।  किनकि अन्य करण ले निमोनिया भएको वा टायफायड भएर ज्वरो बढ्दै गएको पनि हुन सक्दछ । साधारण ज्वरो भए ५ दिन भित्रमा अवस्य कम हुनेछ वा कम हुन सुरु हुनेछ। ५ दिन सम्म शरीरले आफ्नो तापक्रम बढाउँदा पनि उक्त ब्याक्टेरिया वा भाइरस मार्न सकेन भने अब जरुर मेडिकल टेस्ट गर्न जानु जरुरी हुन्छ ।

ज्वरो सर्नबाट कसरी बच्ने बचाउने ?

बिरामी व्यक्तिले संक्रमण वा विराम लागेको थाहा पाउने बितिक्कै  अरुबाट अलग भएर बस्नु पर्दछ ता कि तपाइँको शरीरको भाइरस वा ब्याक्टेरिया दोस्रो व्यक्ति मा सर्न नसकोस । ज्वरो सर्ने कारण कोरोना भाइरसको कारण ले मात्र हुँदैन अन्य विवध भाइरसहरुको कारणले पनि हुन्छ । यदि कसैलाई ज्वरो आए उसको छेउ जाँदा परिवार को व्यक्ति ले सेफ्टी को साथ जाने र उसको ओछ्यान मा नबस्ने, उसलाई के हि दिन एक्लै सुताउने वा उसलाई परेको समस्या पुन परिवार को अर्को दोस्रो व्यक्तिलाई  पनि नपरोस भनि आफैँ अरु बाट अलग भएर सुरक्षित साथ घर को अलग्गै कोठा मा बस्ने र उसको ख्याल गर्दा उसको नजिक जाँदा मास्क र ग्ल्ब्स लगाउने।

कोरोना को महामारी को कारण परिवार को एक व्यक्ति मा ज्वरो आउँदा पुन दोस्रो लाइ पनि हुन बाट बचाउन यो तरिका अपनाउनु पर्ने हुन्छ।   त्यसैले माथि बताइएको अनुसार कुनै पनी लक्षणहरु देखा परे हेल्चक्राई नगरी सुरक्षित स्थानमा एक्लै बस्नु पर्दछ र के हि दिनको ख्याल गर्दा पनि ठिक नभए तुरन्तै चेकअप गराउनु पर्दछ।