Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

कोरोना भाइरसबाट बच्ने तरिकाहरु नबिर्सौं, कोरोना भाइरस

कोरोना भाइरसबाट  बच्ने सजिलो तरिकाहरु:

  • साबुन पानीले हात धोई रहने गर्रौ
  • घर मा बसौं, घर बाहिर कतै नजाउँ
  • मास्क लगाउँ
  • बाहिर ननिस्किउँ
  • यो कोरोना भाइरस ले तहल्का मच्चाई रहेको समय कसैसँग नजिक भएर नबोलौं , भरसक १.५ मिटर देखि २ मिटर टाढा बाट कुरा गर्रौं
  • कसै संग हात नामिलौं
  • टाढा को यात्रा पटक्कै यात्रा नगरौँ

Read More:


  • हातबाट  दिने र लिने पैसाको कारोबार भरसक नगरौं सकिन्छ भने बैङ्किङ्ग सिस्टम ले कारोबार गरौँ।
  • हरेक नयाँ चिज छोए पछि सैनिटाइजर  प्रयोग गर्रौं यदि सम्भव भए साबुन पानीले नै हात धोउँ । ख्याल गरौँ सैनिटाइजर भन्दा भरपर्दो साबुन पानी ले हात धुनु हो।
  • हातले नाक कोट्याउने,नङ टोक्ने,आँखा कनाउने नगरौँ।
  • धुम्रपान र अल्कोहलको सेवन नगरौं । धुम्रपान र मध्यपान गर्नेहरु कोरोना भाइरस को दोस्ती हुन् कति समय लाग्दैन।  तपाईं एक को गल्ति ले तपाईं को पुरा परिवार, टोल र देश नै धराप मा पर्न सक्छ।  त्यसैले आफु पनि बचौं र अरुलाई पनि बचाउँ।
  • देखासिखी को लागि होइन दिल बाटै  म रोग को भाइरस बाट बच्न को लागि हात धुदैछु भन्ने सोचेर  हात धुने गरौँ।
  • ख्याल गरौँ कि तपाईं को एक गल्ति ले तपाईं को परिवार, टोल, र देश नै ठुलो संकट मा पर्न सक्छ।  त्यसैले मजाक नगरी सरकार ले दिएको सबै नियम पालन गरौँ र कोरोना भगाउँ ।
  • शरिर को इम्युन सिस्टम बढाउँने किसिमका खानेकुरा खाउँ
  •  चिसो पानी नापिउं  र तातो पानी पिउं  सकिन्छ भने तातो पानी  वा चिया पिउँदा अदुवा मिसाएर  पिउने गरौँ  शरिर को इम्युन सिस्टम बलियो बनाउन मद्धत गर्ने छ।
  • चुरोट को सिधैं असर फोक्सो मा पर्ने हुँदा चुरोट नपिउं।
  • खाने खाना मा लसुन सेवन गर्ने गरौँ लसुन ले इम्युन सिस्टम बढाउने र एन्टीब्यक्टेरियल गुण भएको  हुँदा यसले अन्य समस्या आउन कम  गराउने छ। तर गलत अर्थ नलागोस कि लसुन, अदुवा आदि खाँदैमा कोरोना लाग्दैन भन्ने हुँदैन।  बस यसले शरिर को रोग प्रतिधात्मक क्षमता लाई  बढाउने गर्दछ। जसको कारण शरीर  कम्जोर हुन पाउदैन र शरीर कमजोर नहुँदा  कुनै पनि किसिमका भाइरस ले हत्त पत्त आक्रमण गर्न सक्दैन।