Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

पिसाव मा रगत किन आउँछ ? यी हुन पिसाव मा रगत आउने प्रमुख कारणहरु

बुझ्नु पर्ने कुरा:

पिसाव मा रगत आउनु निकै खतरनाक रोग को संकेत को रुपमा देखिएता पनि सबै Cases मा यो खतरा को संकेत नहुन पनि सक्छ।

साधारणतया यो Normal Cases मा नै देखिने गर्दछ । तर यो नर्मल नै रहेछ भनेर नकार्न भने पटक्कै मिल्दैन। किनकि यो एक ठुलै र जटिल रोग को संकेत पनि हुन सक्छ।

नेपाली हेल्थ मीडिया को  “विशेष जानकारी ” पाउनको लागि हाम्रो Facebook Group मा जोइन हुनुहोस।   Facebook Group Join हुनको  यहाँ  Click गर्नुहोस  

Join Facebook
Facebook Group Join हुनको लागि यो फोटोमा क्लिक गर्नुहोस

त्यसैले यो संकेत नर्मल समस्या हो या जटिल रोगको हो ? भन्ने कुरा चैं तुरन्तै सम्बन्धित डाक्टर संग परामर्स गरि प्रमाणित गर्न जरुरी हुन्छ।

पिसाब मा रगत आउनु लाई मेडिकल भाषामा Hematuria भनिन्छ। यो समस्या विभिन्न कारणहरुले हुने गर्दछ। Hematuria समस्या को एक लक्षण मात्र हो।  यदि साधारण समस्या को कारण रहेछ भने यसको उपचार मेडिकल टेस्ट गरि तुरन्तै गर्न सकिन्छ।



Hematuria २ किसिम का हुन्छन :

  • Gross Hematuria: पिसाव मा रगत प्रस्ट हेर्दा देखिने
  • Microscopic Hematuria: हेर्दा पिसाव मा रगत भएको नदेखिने तर माइक्रोस्कोप बाट हेर्दा पिसाव मा रगत देखिने

पिसावमा रगत यी ठाउँ बाट आएको हुन सक्छ :

  • मृगौला बाट( पिसाव बनाउने गर्दा)
  • पिसाव थैली बाट (पिसाव जम्मा हुने ठाउँ )
  • युरेटर्सबाट (मृगौला देखि पिसाव थैली सम्म को पिसाव आउने नली )
  • युरेथ्रा  बाट ( पिसाव थैली बाट पिसाव बाहिर निस्किने नली )

के हुँदा आउछ पिसाव मा रगत ?

पिसावमा रगत आउने विभिन्न कारणहरु हुन्छन जसमा केहि कारणहरु तल दिईएको  छ ।

  • मृगौला मा पथरिया हुँदा
  • मृगौला मा इन्फेक्सन हुँदा
  • पिसाव थैली मा इन्फेक्सन हुँदा
  • पिसाव थैली मा पथरिया हुँदा
  • मृगौला को रोग हुँदा;
  • मृगौला वा पिसाव थैली मा क्यान्सर हुँदा
  • मृगौला मा समस्या आउंदा
  • महिला मा मासिक धर्म हुँदा
  • यौन जन्य क्रियाकलाप मा बढी फोर्स हुँदा
  • UTI (Urinary Tract Infection) हुँदा
  • पॉलीसिस्टिक मृगौला  रोग हुँदा आदि…