Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

मध्य रातमा मसानघाट मा किन देखिन्छ रांकेभुत ?

रांकेभुत को बारेमा सायद तपाइँले सुन्नु भएको होला । मानिसहरु भन्दथे कि मसान घाट वा मानिस पुरेको चिहान मा मध्य रात मा राके भुत निस्किने गर्छ । यसको वास्तविकता पनि सहि हो र यो धेरैले साच्चैनै देखेको पनि हुन सक्छ । तर यो राके भुत नभई बलेको  एक ग्यास हो । जुन ग्यास मान्छे पुरिने चिहान वा ठाउमा वा मसानघाटमा बढी उत्पन्न हुने गर्दछ । जुन ग्यास लाई फस्फोरस ग्यास भनिन्छ ।

यो फस्फोरस ग्यास लास बाट धेरै मात्रामा बन्ने गर्दछ र मानिस पुर्ने ठाउमा वा जलाउने ठाउमा यो ग्यास बढी मात्रा मा हुने गर्दछ । यो ग्यास जब उत्पन्न भएर अक्सिजन संग प्रतिक्रिया हुन्छ तब यो ग्यास आफै बाल्ने गर्दछ यो क्रिया दिनमा पनि हुन्छ तर दिनमा सबै तिर उज्यालो हुने भएको कारण यो देख्न सकिन्न तर मध्ये रात मा सबै तिर अध्यारो हुन्छ र सानो आगोको ज्वाला पनि धेरै टाढा बाट देख्न सकिने भएको कारण मध्ये रात मा मसानघाट वा चिहान मा रांकेभुत वा आगोको ज्वाला  देखिने गर्दछ ।