Nepali Health Media : Health News, Health Tips, Health Book, Health Education

Nepali Health Media, Health News, Health Tips, Health Tips in Nepali, Nepal,

कोरोना भाइरस : कोरोनाभाइरस को मुख्य लक्षणहरु

कोरोना भाइरस को लक्षणहरु: कोरोना भाइरसले यतिबेला विश्व मा आतंक ल्याएको छ । यो तपाइँलाई पनि थाहा भएकै कुरा हो । यसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषित गरि दिएको छ ।

धेरै लाई कोरोना भाइरस को संक्रमण हुँदा देखिने लक्षणहरुको बारेमा अझै थाहा नहुन सक्छ । त्यसैले यदि कसैलाई तल बताइए अनुसार को लक्षणहरु देखिए तुरन्तै डाक्टर संग सम्पर्क गरी चेक गर्न जरुरी हुन्छ भने मेडिकल टेस्ट गर्न जानु अघी वा मेडिकल रिपोर्ट आउनु अघी सम्म घरमा पनि परिवार र अरु साथिभाई बाट टाढै रहेर सेल्फ क्वारेन्टाइन मा बस्नु पर्दछ । ता कि कोरोना भाइरस लागेको रहेछ भने तपाइँको परिवार र समाज मा नफैलियोस ।


कोरोना भाइरस को लक्षणहरु:

कोरोना भाइरस लागेको 2 दिन देखि 2 हप्ता भित्रमा यस्ता लक्षणहरु देखिन सक्छन  ।

  • स्वास फेर्न गाह्रो हुने
  • खोकी लाग्ने (कसैलाई सुख्खा खोकी पनि लाग्न सक्छ ) र समय संग सङ्गै खोकी लाग्ने क्रम बढ्दै जाने हुन्छ र गम्भिर स्तिथि मा पुग्दछ ।
  • सुरुमा साधारण ज्वरो आउने र के ही घण्टा वा दिन को फरक मा समय सङ्गै ज्वरो बढ्दै जाने र गम्भिर स्थिति मा पुग्ने ।
  • यदि कोरोना भाइरसले बढी मात्रामा चेप्दै गए
    स्वाश फेर्न निकै गाह्रो हुने  र ओठ वा अनुहार निलो हुन सुरू हुने
  • छातिमा दुखाई र दवाब बढ्ने
  • सोचाई मा उलझन(Confusion) आउँने निन्द्रा मा कमी आउँने र निंद्रा नलाग्ने

पहिले-पहिले साधारण रुघा मार्गी लाग्दा देखिने लक्षणहरु जस्तै कोरोना भाइरस लाग्दा यस्ता लक्षण पनि देखिन्छन जस्तै

  • नाक बाट पानी बग्ने
  • नाक चिलाउने
  • खोकी लाग्ने
  • टाउको दुख्ने
  • हाच्छिउँ आउने
  • घांटी दुख्ने
  • स्वर भासिने
  • थकान महसुस हुने
  • जाडो नहुँदा पनि जाडो महसुस हुने
  • काम ज्वरो जस्तै शरीर काम्ने
  • जिऊ दुख्ने आदी

तर यि लक्षण देखिदैमा कोरोना लाग्यो भनेर आत्ती हाल्नु पनि पर्दैन किनकि यि लक्षणहरु सामान्य रुघा मार्गी लाग्दा पनि आएको हुन सक्छ तर साधारण हो भनेर भर परेर ढुक्क ले नबस्ने किनकी यो महामारी भै रहेको बेला यो कोरोना भाइरस लागेको लक्षण पनि  हुन सक्छ ।

त्यसैले  यस्ता लक्षणहरु देखिए र ब्यक्तिगत स्थिति गम्भिर हुँदै गए तुरन्तै घरमा सेफ्टी अपनाई मेडिकल चेक गर्न जानू होला ।


के ही दिन अघी थप नयाँ  2 वटा लक्षणहरु पनि थपिएका छन् ।

कोरोना भाइरसको नयाँ लक्षणहरु

  1. सुघ्ने क्षमतामा कमी आउनु
  2. स्वाद थाहा पाउने क्षमतामा कमी आउनु